काठमाडौं/१०असोज–सिटिइभिटिका सबै प्रदेश अन्र्तगतका कार्यलयहरुले प्रि डिप्लोमा र डिप्लोमा तहको निशुल्क छात्रवृत्ति तर्फको नतीजा प्रकाशन गरेका छन् । डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको शैक्षिक सत्र २०७८/०७९ का लागि निशुल्क छात्रवृत्तिमा आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतीजा प्रकाशन गरेका हुन् ।

डिप्लोमा, प्रमाणपत्र तह प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७४ तथा प्रिडिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७७ र सूचनामा उल्लेख गरिए अनुसार वरियताक्रमको आधारमा नतिजा प्रकाशित गरिएको छ ।
प्रदेश नं. १ मा कार्यलय प्रमुख लगायतलाई कोरोना संक्रामण भएकोले केही दिन लाग्ने जनाइएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
सूदूरपश्चिम प्रदेश
कर्णली प्रदेश
www.ctevtkarnali.org.np
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
https://www.ctevtgandaki.org.np/
प्रदेश २
बागमती प्रदेश



