काठमाडौं /२० असार- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दे जायज मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न र दाषि पदाधिकारी माथि कारबाही गर्न ध्यानाकर्षण गराएको हो ।
धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, प्रतिष्ठान भित्रका अनियमितता तथा पदाधिकारीहरुको काम कारर्वाही विरुद्ध सम्पुर्ण विद्यार्थी,चिकित्सक, तथा कर्मचारीहरु संयुक्त रुपमा ३ हप्ता देखि आन्दोलन रहेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
साथै लामो समय देखि आन्दोलन भइरहँदा समेत प्रतिष्ठानका पदाधिकारी वास्ता नगरी बसेकाले अनेरास्ववियुको ध्यानाकर्षण भएको जनाएको छ ।
त्यसैगरी आन्दोलनरत पक्षले उठान गरेका मागलाई वार्ताको माध्यमबाट समाधान खोज्नुको सट्टा उपकुलपती डा. ज्ञानेन्द्र गिरिले वार्ताको लागि बोलाएर समस्या समाधान गर्नेतर्फ जानुको सट्टा आन्दोलनरत पक्षलाई थर्काउने कार्य गरेको भन्दै विरोध गरेको छ ।



