काठमाडौं/ १७ असार – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मग गरीएको छ । जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग जगत विश्वकर्माले गरेका हुन ।
मन्त्री कृष्णगोपाले जातीय विभेद आरोपी घरधनी सरस्वती प्रधानलाई प्रहरी कार्यलयबाटै छुटाएर जातीय विभेदलाई प्रश्रय दिएको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठाउदै जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग नेता विश्वकर्माले गरेका थिए ।
रुपा सुनारलाई दलित भएकै कारणले कोठा भाडामा नदिएको भन्दै प्रहरिले बबरमहलकी घरबेटी सरस्वती प्रधाालाई ६ असारमा पक्राउ गरेको थियो ।



