भद्रपुर नगरपालिका प्रमुख र ईसीडी शिक्षक,विद्यालय कर्मचारी बिच छलफल

काठमाडौं/ १६ असार- ईसीडी शिक्षक,विद्यालय कर्मचारी र भद्रपुर नगरपालिका प्रमुख बिच आज छलफल भएको छ । नेपाल सरकारले तोकेको न्युनतम तलब नगरपालिकाले सूनिश्चित नगरे पछि आन्दोलनरत ईसीडी शिक्षक,विद्यालय कर्मचारी र भद्रपुर नगरपालिका प्रमुख बिच छलफल भएको हो ।


छलफलमा दुईपक्ष विचमा वार्ता टोलि बनाउने र वार्ता टोलिको निर्णय अनुसार मागपुरा गरिने निर्णय भएको नेपाल शिक्षक महासङ्घ भद्रपुर नगरपालिका अध्यक्ष गणेश गिरीले बताउनु भयो ।


ईसीडी शिक्षक र विद्यालय कर्मचारीको न्युनतम तलब सूनिश्चित नगरे पछि नेपाल शिक्षक महासंघ भद्रपुरले आन्दोलन तथा धर्नाका कार्यक्रम गर्दे आएको छ । नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले केही दिनअघि नगरपालिकामा ज्ञापन पत्र बुझाएको र पत्रको वेवास्ता गरेपछि बाध्यात्मक रूपमा धर्नामा बसेको बताएका छन् । साथै माग पूरा नभए थप आन्दोलनका कार्यक्रम ल्याइने महासंघले चेतावनी दिएको छ ।


नेपाल सरकारले स्थानीय तहसँगको साझेदारीमा ८ हजार केन्द्र सरकारले र ७ हजार स्थानीय तहले ब्यवस्थापन गर्नुपर्ने भनिए पनि ईसीडी शिक्षक र विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार सुनिश्चित नगरी भद्रपुर नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरे पछि ईसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका थिए ।