काठमाडौँ /१६ असार- चिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरुका लागि लिने एकिकृत प्रवेश परक्षिा साउन ९ गते देखि सञ्चालन गर्ने गरी सूचना जारी गरेको छ । आयोगको २०७७ चैत्र ३ को प्रकाशित सूचना बमोजिम अनलाइन आवेदन दिने सम्पूर्ण परक्षिार्थीहरुका लागि साउन ९ गते देखि १३ गते सम्म सञ्चलन गर्ने भएको हो ।
आयोगको निर्णय अनुसार परीक्षार्थी स्वयम्ले छनोट गरेको स्थानमा नै परीक्षा केन्द्र कायम गरिने जनाएको छ । साथै विदेशी परीक्षार्थी र परीक्षा केन्द्र स्थान छनोट गर्न छुटेका परीक्षार्थीको हकमा काठ्माडौं उपत्यकामा परीक्षा केन्द्र कायम गरीएको छ । परीक्षा केन्द्र सम्बन्धि विवरण प्रवेश पत्रमा उल्लेख हुने र प्रवेश पत्र परीक्षा शुरुहुनु भन्दा ५ दिन अगाडि परीक्षार्थी आफैले अनलाइन माध्यमबाट प्रिन्ट गर्न मिल्ने छ ।
नेपाल सरकार कोभिड १९ संकट व्यावस्थापन केन्द्रको निर्णय अनुसार एकिकृत प्रवेश परीक्षामा सम्मिलित हुने सबै परीक्षार्थीहरुले परीक्षा हुने दिनको ७२ घण्टाभित्रको पिसिआर जाँच गरेको रिपोर्ट र आयोगको वेबसाइटमा रहेको रहेको केस इन्भेष्टिगेसन एण्ड कन्ट्रयाक ट्रेसिङ्ग सेल्फ डिक्लिरेसन फर्म भरी आवश्य विवरण अनिवार्य लिएर आउनु पर्ने छ ।
त्यसैगरी पिसिआर रिपोर्ट पोजेटिभ परीक्षार्थीका लागि छुट्टै कोठाको व्यावस्था गरिने हुनाले परीक्षार्थीले अग्रिम जानकारीका लागि आयोगको इमेलमा पठाउन आग्रह गरेको छ । साथै विदेशी विद्यार्थीले नेपाल सरकारले लागु गरे अनुसार ७ दिनको क्वारेनटाइनमा बस्नु पर्ने र सबै परीक्षार्थीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरी उपस्थिका लागि सूचना जारी गरेको छ ।




