काठमाडौँ /१६ असार- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तकको उपलब्धता,वितरण तथा गुणस्तरको अनुगमन गर्ने सबै स्थानीय तह र सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिएको छ । नयाँ शैक्षिक सत्रलाई मध्य नजर गर्दे उक्त निर्देशन दिएको हो ।
केन्द्रले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता गर्न केन्द्र देखि विद्यालयतह सम्म पाठ्यपुस्तकको उपलब्धता, वितरण तथा गुणस्तरको अनुगमन कार्यलाई प्रभावकारी बनाउनका लागि जिल्ला तथा स्थानीय स्तरमा अनुगमन गर्न भनएको छ ।
साथै नेपाल सरकारले पाठ्यपुस्तकमा लिम्पियाधुरा,लिपुलेक र कालापानि क्षेत्रसहितको नेपालको नयाँ नक्साको प्रयोग गर्ने निर्णय भएको र कतिपय प्रकाशनबाट चालु शैक्षिक सत्रमा विक्रि गरीएका विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानो नक्सानै छपाई गरी वितरण गरीएकोले यसलाई परीवर्तन गर्न भनिएको छ ।
प्रयोग भएको नयाँ पाठ्यपुस्तकबाट अध्ययन अध्यापन गर्ने व्यावस्थाका लागि सम्बन्धित सबै प्रकाशकहरुले पुरानो नक्सा प्रयोग भएका सम्बन्धित पेजहरुमा नक्साको प्रयोग गरी पुनः छपाइ गरी पुरानो पेजको ठाउँमा नयाँ पेज टास्ने व्यावस्था गरी सबै विद्यालयमा पठाउने व्यावस्था गर्न निर्देशन दिएको छ ।
त्यसैगरी विद्यार्थीले प्रयोग गरेका पाठ्यपुस्तकमा नयाँ पेजले प्रतिस्थपन गर्ने व्यावस्था कार्यन्वयन गर्न सम्पुर्ण विद्यालयहरुलाई जानकारी गराएको छ ।



