काठमाडौं /११ असार- त्रिभुवन विश्वविद्यालय परक्षिा नियन्त्रण कार्यलयले साउन महिनामा सञ्चालन हुने स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
२०७७ सालको वार्षिक परक्षिा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातक तह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यावस्थापन संकाय एंव विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक ,मौका एंव प्राइभेट परीक्षा दिने परीक्षार्थीका लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।
त्यसैगरी विश्वविद्यलायले २०७८ बैशाखमा सञ्चालन गरेको २०७७ को वार्षिक परीक्षा प्रणाली अन्र्तगत ४/३ वर्षे स्नातक तह द्धितीय वर्ष मानविकी, शिक्षाशास्त्र र व्यावस्थापन संकाय एंव विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक ,मौका एंव प्राइभेट परीक्षा कोभिड १९ का कारण स्थगित भएकोमा पुनः परीक्षा तालिका सार्वजनिक गरेको छ ।
साथै परीक्षार्थीहरुले आफुले परीक्षा दिनुपर्ने विषय र कोड एकिन गरेर मात्र परिक्षा दिनुपर्ने र अन्यथा हुन गएमा त्रिभुवन विश्वविद्यालय परक्षिा नियन्त्रण कार्यलय जवाफदेही नहुने जानकारी गराएको छ ।
स्नातक तह प्रथम वर्षको परीक्षा तालिका
स्नातक तह द्धितीय वर्षको परीक्षा तालिका









