बच्चाको अभिभावक हैन साथि बन्न सिकौ

काठमाडौं/१० असार – धेरै अभिभावकको गुनासो एउटै हुन्छ आफ्नो बच्चा धेरै बिग्रियो, टेर्दै टेर्दैन,  हामिलाई हेपिसक्यो । लौ न सर, सम्झाईदिनुप¥यो । कत्ति खेलिराखेको ? छिटो होम वर्क गर , मत हैरान भएँ  आदि । मेरो साथिको छोरा कति राम्रो संग पढ्छ् , उसलाई पढ भन्नै पर्दैन । हाम्रो त जति भन्दा पनि हुँदैन । फलानो फस्ट हुन्छ रे । तेरो खोइ प्रगति ? यस्ता यस्ता कुरा गरेर हामि आफ्ना बच्चालाई अझ धेरै नकरात्मक बाटोतिर धकेलिरहेका त छैनौ ?


अरू व्यत्तिसँग हामि आफ्ना बच्चालाई कहिलै नदाँजौँ । किनभने यस्ता कुराले बच्चा अझ बढि निराश हुन्छन् । आफूले कहिल्यै राम्रो गर्न नसक्ने रहेछु भन्ने उनिहरुमा नकरात्मक असर पर्छ । उसले राम्रो गरे पनि हामीले नराम्रो देखेका छौँ कि ! उसका राम्राकार्यको प्रशंसा गरेका छौँ कि छैनौ ? उसले गणित ढिलो सिक्ला तर नेपाली त जान्दछ नि । अङ्ग्रेजीमा राम्रै होला तर पनि उसलाई चित्र बनाउन आउँछ कि ! अथवा उसलाई मन पर्ने विधा कुन हो ? आफुलाई मन पर्ने काम वाँ मनपर्ने बिषयमा राम्रो गर्न सक्छ कि । ऊ आज जे गर्दै छ, कतै हामीले नै सिकाएका हौँ कि आदि कुरामा अभिभावकलाई राम्रो ज्ञान हुन आवश्यक छ ।


पहिले हामि आफ्नो बच्चालाई संस्कार सिकाऔँ । संस्कार भनेको बानी हो । बानी उसले हामीबाट सिक्छ । बच्चालाई राम्रो बानीको विकास गर्न अभिभावकको ठुलो भुमिका रहन्छ  । पढन् सबैले जानेका हुन्छन तर असल संस्कार सबैमा हुँदैन् । असल बानीमा अभ्यस्त भइसकेपछि पढ्नु ठूलो कुरा होइन । बेला आएपछि पढ्छन तर दबाब दिदैमा र अरुसगँ तुलना गर्दैमा बच्चा सुर्धिन्छन् र पढ्छन् भन्ने हुदैन् । त्यसरि दबाब दिदा बच्चा झन् नपढ्ने हुन सक्छन् किनभने हाम्रो छेउमा हँुदा पढेजस्तो गर्छन्  तर उसको मन त्यहाँ हुँदैन । हामी उसको तनलाई नियन्त्रण गर्न सकौँला तर मन नियन्त्रण गर्न सक्दैनौँ । तनलाई होइन, मनलाई जितौँ । उसको चाहनासँग रमाऔँ । उसको रुचिसँग रमाऔँ ।


एक दिन स्कुल छुट्टी हुँदा दिक्दार नमानौँ । बच्चाले पिरोल्दैन । ऊ तपाईंसित नजिकिन्छ । घुम्न जाँदा सँगै लैजाऔँ । घरमा पनि राम्ररी हेरविचार गरा,ैँ आफूसँग राखौँ , स्कुलमा मिसलाई धेरै होमवर्क दिन नभनौँ । उसले पीएचडी गर्न लागेको होइन । घरमा ऊसँग कुरा गरौँ । सँगै बसेर पढौँ । ऊ सँगसँगै लागेर होमवर्क गरौँ । तर आफैँ नगरिदिऔँ । उसले पढ्न नजान्दा निरुत्साहित होइन, प्रोत्साहित गरौँ । उसले एउटा अक्षर लेख्न नजानेको हो । एउटा शब्द पढ्न नजानेको हो । पहाड खसेको होइन । आफु मोबाइल चलाउदै ,टिभि हेर्दै बच्चालाई पढ्न नलगाउँ । बच्चा संग अभिभाबक हैन उसको साथि बन्न सिकौ ।