काठमाडौं /६ असार-एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा अक्सिजन कन्सन्ट्रेटर वितरणकार्य सुरु गरेको छ । एक्सपर्टले देशका ५० वटा स्वास्थ्य केन्द्रलाई १–१ वटा अक्सिजन कन्सन्ट्रेटर वितरणकार्य सुरु गरेको हो ।
प्रतिगोटा दुई लाख रुपैयाँ पर्ने अक्सिजन कन्सन्ट्रेटरहरु वितरण कार्य आइतबारबाट झापाका ५ वटा स्वास्थ्य केन्द्रबाट सुरु गरिएको छ । झापा देखि धनगढीसम्मका ५० स्वास्थ्य केन्द्रहरुमा एक्सपर्टको स्थानीय शाखाको संयोजनमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिने एक्सपर्टका संचालक खेम संग्रौलाले बताए ।
सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्य गर्दे आइरहेको एक्सपर्ट गतवर्षको कोरोना कहरमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुलाई डेढ करोड रुपैयाँ बराबर राहत प्रदान गरिएको थियो ।
आइतबार वितरण गरिएको १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरले दुईजना बिरामीलाई २४ सै घण्टा अक्सिजन आपूर्ति गर्दछ ।



