काठमाडौं/६ असार-नेपाल शिक्षक महासङ्घको नेतृत्व विवाद भइरहेको वेला शिक्षकबाट उठाएको रकम हिनामिना गरि बेरुजु गरेको भन्दै छानविनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यलय र अख्तियार दुरुपयोग आयोगमा उजुरी दर्ता गरिएको छ ।
सम्पुर्ण शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासङ्घले शिक्षकहरुबाट उठाएको रकम हिनामिना गरेको भन्दै स्थायी शिक्षक हकहित मञ्चका संयोजक तथा महासङ्घका साधारण सदस्य र तनहँुका शिक्षक रहेका रमेश बाबु भट्टराइले उजुरी दर्ता गरेका छन ।
भट्टराइले काठमाडौं जिल्ला प्रशासन कार्यलय र अख्तियार दुरुपयोग आयोगमा भौतिक रुपमा तथा इमेल मार्फत उजुरी दर्ता गरिएको जानकारी गराएका छन् । साथै इमेल मार्फत दर्ता गरएिको उजुरी सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन ।
उजुरी दर्तामा लेखिएको छ “प्रस्तुत बिषयमा सम्पुर्ण शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक माहासङ्घले शिक्षकहरुको लेविबाट उठाएको रकमको रु ५७,००,०००(सन्ताउन्न लाख) हिनामिना गरि बेरुजु देखिएको हुँदा का.जि.प्र.का.द. नं.०२/०६० भएको केशरमहल स्थित कार्यलय अन्तर्गत नेपाल शिक्षक माहासङ्घको राष्ट्रिय समितिलाई अ.दु.अ.आयोगको प्रचलित ऐन र नियम बमोजिम कार्वाहि गरि विगो समेत असुल गर्नका लागि यो निवेदन प्रस्तुन गरिन्छ ।
त्यसैगरी नेपाल शिक्षक माहासङ्घको अहिलेको कार्यकालमा नभई यस भन्दा अगाडिको कार्यकालमा केहि रकम बेरुजु देखिएकोमा अहिले त्यस्तो नभएको स्रोतले बताएको छ । तर नेपाल शिक्षक माहासङ्घको रकम कुनै पनि व्यत्तिले हिनामिना नगरिएको र माहासङ्घकै कार्यक्रमहरुमा खर्च भएको स्रोतको दाबि छ ।





