बि एण्ड सी कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्रीले दबाब दिएको भन्दै नेपाली कंग्रेसको विरोध

काठमाडौं /२९ जेठ- झापा स्थित बि एण्ड सी मेडिकल कलेजलाई एमबिबिएसको सम्बन्धन दिन आयोगका पदाधिकारी माथि दबाब दिएको भन्दै नेपाली कांग्रेस शिक्षा विभागले प्रेस विज्ञप्ति जारी गरेको छ ।


कामचलाउ प्रधानमन्त्री के.पी.शर्मा ओलिले प्रधानमन्त्री निवास बालुवाटारमा स्वयं अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगको बैठक राखि झापा स्थित प्रस्थापित बि एण्ड सी मेडिकल कलेजलाई एमबिबिएसको सम्बन्धन दिन आयोगका पदाधिकारी माथि दबाब दिएको भन्दै नेपाली कांग्रेस शिक्षा विभागले प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको छ ।


विज्ञप्तिमा भनिएको छ “नेपाल सरकार आँफैले बनाएको ऐन ,नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत प्रधानमन्त्रीले गरेको सो कार्यको नेपाली कांग्रेस शिक्षा विभाग घोर भत्सर्ना गर्दछ । निति,नियम र कानून मिचि प्रधानमन्त्रलिे दिएको निर्देशनको उपेक्षा गरी विधिसम्बत कार्य गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछ ।”