काठमाडौं /२४ जेठ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आगामि नयाँ शैक्षिक सत्र असार १ गतेबटै सुरु गर्न निर्देशन दिनु भएको छ । वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गने गर्रे गरि व्यावस्था मिलाउन विभागीय प्रमुखहरु लाई निर्देशन दिनु भएको हो ।
आइतबार शिक्षा मन्त्रालय अलवा शिक्षा तथा मानवस्रोत विकास केन्द्र,पाठ्यक्रम विकास केन्द्र,राष्ट्रिय परीक्षा बोर्ड र जनक शिक्षा सामाग्री केन्द्रका विभागीय प्रमुख सहितको छलफलमा असार १ गतेबाट नयाँ भर्ना प्रकृया शुरु गर्ने र त्यसको निम्ति कार्यान्वयनका लागि निर्देशन दिनु भएको छ ।
त्यसै गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताउनु भएको छ ।
शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले असार १ गतेबाट भर्ना प्रकृया अघि बढाउने, शैक्षिकसत्र अगाबै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने व्यवस्था गर्न प्रकृया अघि बढाउनुपर्ने बताउनु भयो ।
साथै जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगाबै पुस्तक ढुवानीगर्न खुला गर्न शिक्षा मन्त्रीसँग आग्रह गर्नुभएको छ । यसका लागि सिसिएमसीमा पत्रचार गरीने मन्त्री श्रेष्ठले बताउनु भयो ।
साथै शिक्षा मन्त्री श्रेष्ठले चालु शैक्षिक सत्रको बालबालिकाको सिकाई उपब्धीको उपयुक्त विधि र प्रकृयाका आधारमा मूल्याड्ढन गर्ने व्यावस्था गर्न,समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन आवश्यक प्रबन्ध मिलाउन र स्थिति सामान्यीकरण नभए सम्मको अवस्थामा वैकल्पिक विधिबाट शैक्षिक कार्यकम अगाडी बढाउन निर्देशन दिनु भएको छ ।



