पुस्तकालय अनुदानका लागि प्रस्ताव माग

काठमाडौं /२१ जेठ – बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको अनुदानका लागि प्रस्ताव आह्वान गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रमबाट सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुका लागि अनसदान दिने कार्यक्रम रहेको हुँदा अनुदान प्राप्त गर्न इच्छुक बागमती प्रदेश भित्रका सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुले शिक्षा विकास निर्देशनालयमा प्रस्ताव पेस गर्न माग गरिएको छ ।

साथै अनुदान प्राप्त गर्न इच्छुक सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुले जेठ २१ गते देखि १५ दिन भित्र प्रस्ताव पेस गर्नु पर्ने छ ।

त्यसै गरी निर्देशनालयबाट गत आर्थिक वर्षमा पुस्तकालय अनुदान प्रप्त गर्ने पुस्तकालयहरुले उत्त अनुदान रहमबट खरिद गरिएका सन्र्दभ सामग्री तथा क्रियाकलापको विवरण सम्बन्धि स्थानीय तहबाट प्रमाणित गराई सोको प्रतिवेदन पेस र्गुपर्ने छ ।