तनहुँ/१२ जेठ –नेपाल शिक्षक माहासंघ आम शिक्षकहरुको छाता संगठन भनिएता पनि राजनितीक दलका शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्ने शिक्षकले मात्र भगबण्डाको आधारमा नेतृत्व गर्ने र स्वतन्त्र शिक्षक हँु भन्नेले यसमा प्रतिनिधित्व गर्न नसक्ने हुनाले यो आम शिक्षकको संस्था नभएको जगजाहेर छ । त्यसैले यो सबै शिक्षकको हुन आम शिक्षक बाट नेतृत्व चुनिन आवस्यक छ । अहिले नेपाल शिक्षक माहासंघ फेसबुक आन्दोलनमा रहेको परिवेशमा निम्न अनुत्तरित प्रश्नले गर्दा म माहासंघ प्रति बिश्वस्त हुन सकिन । माफ गर्नु होला ।
१. शिक्षक मुक्तिनाथ अधिकारि ( लमजुङ )को हत्या हुदा चु नबोल्ने शिक्षक संघ संगठनका नेतृत्व मध्य अहिलेका सह अध्यक्ष रहनु भएका पुर्ण प्रसाद दबाडि को शुभेच्छुक पार्टि समेत सम्लग्न रहदा भोलि हामि संरक्षण हुने आधार खै ?
२. दुइ तिहाइको सरकार हुँदा चु नबोल्ने अध्यक्ष सह अध्यक्ष लगायत ले अहिले राजनीतिक तरलतामा बोल्नु को औचित्य के ?
३. एक लाख शिक्षक भौतिक आन्दोलनमा उत्रिदा आन्दोलन तुहाउनेले फेरि आन्दोलन गर्नुको बिश्वासको आधार के ?
४. राहत आन्दोलन, ईसिडि आन्दोलन, अस्थायी आन्दोलन स्थायि शिक्षक हक हित मञ्चको डिजिटल आन्दोलन लाइ उपेक्षा गर्ने ले त्यहि डिजिटल आन्दोलन सिको गरि परिवर्तन ल्याउने आधार के ?
५. छ हजार बुझ्ने बाल शिक्षक र बि.कर्मचारि बाट उठाएको लेबि बाट बिदेश सयल गर्ने र तलब भत्ता लगायत प्लेन टिकट समेत खरिद गर्ने बाट शिक्षक हक हित को अपेक्षा गर्ने आधार के ?
६. पदको लागि मात्र लडाइँ गर्ने अध्यक्ष र पदाधिकारी बिच आरोप प्रत्यारोप गर्ने सस्थाबाट मजबुत आन्दोलनको अपेक्षा गर्ने आधार के ?
७. २०२८ शालको ऐन लाइ पटक पटक सरकार बनाउँदा पनि परिवर्तन नगर्ने शुभेच्छुक सस्थाका बफादार कार्यकर्ता बाट आस्वस्त हुने आधार के ?
८ . कोभिड–१९ विरुद्धको खोप शिक्षकका लागि भनेर घोषणा गर्दा तत्काल प्रयास नगरि बिलम्ब गर्दा अहिले कालो पट्टि फेसबुकमा हाल्दैमा बिश्वास गर्ने आधार खै ?
९. कोरोना बाट सक्रमित शिक्षकको उपचारको ब्यबस्था र मृतकका परिबारका लागि उचित शिक्षा र क्षतिपूर्ति प्रदानका लागि प्रयास गरेको खै ? १०‘‘
सधै शिक्षकको फोरम लाइ राजनितीक दाउपेचका लागि प्रयोग गर्ने शिक्षक नेताले गर्दा शिक्षण पेशामा विर्कषण मात्र होइन समाजमा शिक्षकको इज्जत र प्रतिस्ठामा समेत आँच पुगेको छ ।
माहासचिव लक्ष्मीकिशोर सूवेदी ज्यु ! सोध्नुहोस तपाईले अध्यक्ष मानेर हिड्नु भएको पुर्ण दबाडि ज्यु लाइ मुक्तिनाथ र सयौं मुक्तिनाथलाई किन सहिद बनाउनु भयो ? शिक्षकलाइ शिक्षक बाटै किन हत्या भयो ?
माहासंघका महोदय देखाबटि आन्दोलन होइन क्रान्तिकारि परिवर्तनको अपेक्षा छ आम शिक्षकको ताकि बिदेश भ्रमणका लागि होइन ।
आन्दोलन चाहिएको छ पार्टीको झोले बन्न होइन पेशागत अभिबृद्धिको लागि । बाल शिक्षक, बि शिक्षक, राहत, तत्कालीन उच्च मावि शिक्षक लगायत १८ थरि शिक्षक एकै प्रकृतिको स्थायी बन्न ।
आन्दोलन चाहिएको छ शिक्षाको निति निर्माण तहमा शिक्षक नै पुग्न । आन्दोलन चाहिएको छ ऐन ल्याइ २० बर्ष सम्म बढुवा नभएका शिक्षकको पिडा भुल्ने गरि ५÷५ बर्षमा अनिवार्य बढुवाको लागि । शिक्षक अस्पताल र शिक्षक मर्यादाक्रम को लागि ।
अन्त्यमा आम शिक्षकको माहासंघ हुन स्वतन्त्र चुनाब बाट आउन जरुरी छ र शिक्षक नेतृत्व त्यस्तो होस आफ्नो कार्यकाल सिद्धिए पछि शिक्षण पेशामै फर्कियोस, पार्टीको झोला बोक्न होइन । यसका लागि युवा नेतृत्व स्वतन्त्र रुपमा जानु आबश्यक छ ।
जय शिक्षक ।
रमेश बाबु भट्टराई ,
प्रधानाध्यापक, रत्न मा. बि.,तनहुँ ।



