कोरोना अपडेट : ६,४०४ जनाले कोरोनालाई जिते, ८,६३६ जना संक्रमण थपिए ,१६९ जनाको मृत्यु

काठमाडौं/११ जेठ–पछिल्लो चौबीस घण्टामा ८,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा २२,३०६ को नमुना पीसीआर विधिबाट र ६३० जनाको एन्टिजिन विधिबाट परक्षिण गरीएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसै गरी पछिल्लो चौबीस घण्टामा १६९ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,४०४ जनाले कोरोनालाई जितेका छन् ।