काठमाडौं /११ जेठ -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्ष शिक्षामा बजेट बढेर आउन सक्ने बताउनु भएको छ । विभिन्न सरोकारहरुले शिक्षामा बजेट बढाउनु पर्ने माग राख्दै आइरहेको बेला शिक्षा मन्त्रीले सो कुरा उल्लेख गर्नु भएको हो ।
उहाले नयाँ नयाँ योजना आउनसक्ने उल्लेख गर्दे आर्थिक वर्ष २०७८–०७९ को बजेटमा शिक्षाको बजेट बढ्न सक्ने र त्यसमा आफु निरन्तर लागिरहेको बताउनु भयो ।
त्यसै गरी अबको शिक्षा गुणस्तरीय र रोजगारमुलक हुनुपर्ने बताउनु भयो । अब परम्परागत शिक्षा अहिलको आवश्यकता होइन, प्रयोगात्मक र प्रबिधिययुक्त शिक्षा आजको आवश्यकता हो –मन्त्री श्रेष्ठले भन्नु भयो ।
एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको र यसका लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको मन्त्री श्रेष्ठले जानकारी दिनु भयो । कक्षा १२ को परीक्षाको विषयमा भने मन्त्रालयले यही महिनाभित्र जानकारी दिने उल्लेख गर्नु भयो ।
मन्त्री श्रेष्ठले सबै विश्वविद्यालयको रोकिएको परीक्षा, अनलाईनमा कक्षा लिएवापतको शुल्क घटाउनुपर्ने, सबै सामुदायीक विद्यालयमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसंग छलफल भैरहेको बताउनु भयो ।



