काठमाडौं /१० जेठ -पाठ्यक्रम विकास केन्द्रले समयमै राजश्व बुझाएका तर पाठ्यसामाग्री दर्ता गर्न छुट भएका प्रकाशकहरु लाई तीन दिन भित्र पाठ्यसामाग्री पेश गर्न भनिएको छ ।
केन्द्रबाट विद्यालय तहका पाठ्यसामाग्री स्वीकृतिका लागि पाठ्यसामाग्री दर्ता गराउन प्रकाशकहरुलाई परिएको सूचना अनुसार तोकिएको समयमा राजश्व बुझाएर पनि समयमा पाठ्यसामग्री दर्ता गराउन नसकेका प्रकाशकहरुलाई अन्तिम एक पटकलाई तीन दिन भित्र पाठ्यसामाग्री पेश गर्न केन्द्रले सूचना जारी गरेको छ ।
जेठ १० गते देखि १२ गते भित्र कार्यलय समयमा राजश्व बुझाएको सक्कल भौचर,पूर्ण रुपमा तयार भएको पाठ्यसामाग्री तीन थान,लेखकको बायोडाटा ,योग्यताको प्रमाण पत्रको प्रतिलिपि र लेखकको स्वस्कृति पत्रको प्रतिलिपि साथै कर चुक्ता तथा कम्पनी दर्ताको प्रतिलिपि र निवेदनको साथमा समयमा पाठ्यसामाग्री पेश नगर्नुका कारण सहित पाठ्यसामाग्री दर्ता गर्न भनिएको छ ।



