शिक्षक महासङ्घ किन खारेज नगर्ने ?

चितवन /९ जेठ -सामुदायिक विद्यालयका शिक्षकहरूको पेशागत हक हितको सम्बन्धमा, केन्द्रीय तथा जिल्लास्तरमा नेपाल शिक्षक महासङ्घ रहने र सो को निर्वाचन तोकिए बमोजिम हुनेछ भनि शिक्षा ऐनमा व्यावस्था गरिएको छ । महासङ्घले मौसमी बाजा अनुसार विभिन्न मागहरू राखी आन्दोलनको घोषणा गरेको छ । त्यसै अनुरूपबाजा बजाउदा नाँच्ने र गाँउदा नाँच्ने कठैकर्तव्यनिष्ठ हामि शिक्षक । माग र आन्दोलन आफैमा कत्तीको समयानुकुल रहेको छ समयले यसको मूल्याङकन गर्ला ? तर यस्ता कहिल्यै पुरा नहुने तर पटक पटक गरिने आन्दोलनले शिक्षक तथा शैक्षिक नेतृत्व र सिङ्गो महासङ्घ माथिको अविश्वासको यक्ष प्रश्न मान्न सकिन्छ । यसबाट के थाहा हुन्छ भने शिक्षक महासङ्घ एक आफैमा काम गर्न नसक्ने,नेतृत्व विहिनको समुह हो भन्न सजिलै अनुमान गर्न सकिन्छ । तर शिक्षकका हक हितका नाममा आफ्ना नजिकका,साझेदारको वकालत गर्ने,शैक्षिक मुद्दामा उदासिन महासङ्घ अविलम्ब खारेज गर्न आवश्यक ठान्दछु । जो :

१. शिक्षकहरूको बढुवा समयै भएन अर्थात् प्रत्येक वर्ष किन भएन ? लामो समयमा पनि आयोगले फारमहरू किन खोलेन यावत प्रश्नहरू उठाउनुको सट्टमा शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाउनका लागि पहिलो माग नपर्नुको कारण के हो ? यदि महासङ्घले यो माग सहि रूपमा उठाइ र कार्यान्वयन भएमा सबै समस्याहरू समाधान हुने तर अझै पनि एकपटक बढुवाको सोच राखेका आसे केहि शिक्षकहरूको ईच्छा कसरी पुरा होला र । समय समयमा बाह्य वा अन्य आन्तरिक सहजै पदपूर्ति,बढुवा भएमा के का र कसका लागि राजनीति गर्ने अथार्त शैक्षिकक्षेत्रले गति लिएको खण्डमा कसरी राजनीति गर्नु ? पढाउन भन्दा पनि भाषण गरेर रमाउने जमातले भोलिका दिनमा के गर्नु ? विद्यालयमा कम उपस्थित हुने,चर्को शिक्षक हक हितका कुरा गर्ने तर उनकै उपदेश सुन्नुको साटोकर्म गरेर खाने बानीमा परिवर्तन गर्नका लागि महासंघको आवश्यकता छैन ।

२. भाषणहरूमा ठुलो ठुलो स्वरले सात गाँउ टाढा सम्म पुग्ने ध्वनी, प्रतिबद्दता र निर्णले यो पनि किन बिर्सेको होला ? पहिलो निर्णय नै सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरूका छोराछोरीहरू सार्वजनिक विद्यालयमा पढ्नु पर्छ भनि निर्णय किन गर्दैन महासङ्घले ? किन र कसरी आफैले कर्म गर्ने संस्थाप्रति यति ठूलो अविश्वास ? एक राष्ट्रसेवक कर्मचारीको आफ्नो संस्थाप्रति किन यति धेरै उदासिनता । यसका पछाडि कुनै कारण छन् महासङ्घले किन प्रष्ट पारेको छैन । यसको अनेकन कारण मध्ये एक कारण हो । जसले दिनमा चर्का भाषण गर्ने,शैक्षिक सुधारका आवाज उठाउने उनकै नीजि विदयालय,कलेज र अन्य संस्थाहरूमा सेयर लगानी वा अप्रत्यक्ष रूपमा मालिक उनै हुन कि ? नीजि संस्थाहरूमा उनीहरूकै उठबस,लेनदेन सबै नीजि संस्थाबाट पालित पोषित छन वा छैनन् ? यदी छैन् भने के कुराले महासंघलाई यो निर्णले रोक्यो ?

३. शिक्षा ऐनले निर्वाचनबाट महासङ्घको गठन हुने भनी उल्लेख गरेको छ । न कि राजनौतिक दलका भातृ संगठनका जमघटहरूबाट । शिक्षक हकहितका नाममा जंगलमा च्याउ उम्रिए सरह विभिन्न संघ,संगठनको सम्मिलित महासङ्घ हो कि ? एक स्वतन्त्र शिक्षकले आफ्नो मतदानबाट आफ्ना भावी योजना,हक हित र अधिकारका बारेमा,मन्त्रालय रसरकासँग सामुहिक सौदावाजी गर्न सक्ने असल तथा सक्षम नेतृत्व हो । हालको महासङ्घ प्रचलित शिक्षा ऐन विपरीत छ । नत महासङ्घले शैक्षिक मुद्दा कम उठाएको छ । उठाएको छ त केहि व्यक्तीको निहित स्वार्थ पूर्तीमा केन्द्रीत र आफ्ना संगठनका केही नजिकका व्यक्तिलाई रक्षा गर्ने माग ।

४. केन्द्र देखि वडा तह सम्म शिक्षकका विभिन्न राजनीतिक दलका शैक्षिक नेताहरूले शैक्षिक मुद्दा भन्दा आफ्ना दलइत्तर गरी अह्राएका कार्य गर्ने शिक्षक नेतृत्व र महासंघको आवश्यकता कदापी छैन । महासङ्घले माध्यामिक तहका सबै शिक्षकहरू र प्रधानाध्यापकहरूले कुनै राजनीतिक दलको भातृ संघ,संगठनमा बस्न नपाउने र यदी बसेको थाहा पाएमा महासङ्घले नै प्रचलित कानुन अनुसार कारवाही गर्न सक्ने शैक्षिक मुद्दा किन नउठाउने ? यस्ता निर्णयले शैक्षिक नेतृत्व,शिक्षक र सिङगो महासघंलाई नै फाइदा पुग्छ । यस्ता शैक्षिक विकृती हटाउने माग नगर्ने महासङ्घ के आवश्यक छ ?

५. आयोगले स्थायी शिक्षक जिल्लामा स्थायी नियुक्तीका लागी सिफारीस गर्दा पहिल्यै कार्यरत शिक्षकहरू विस्थापित हुनुपर्ने प्रावधान छ । तर शिक्षक महसंघले आफु निकटका विस्थापित शिक्षकहरूलाई स्थापित गरी रहँदा अस्थायी शिक्षकहरूको स्थायी समाधान गर्न दिनदिनै चुनौति सरकारलाई थपिएको छ । जबसम्म महासङ्घ, शिक्षकका संघ, संगठनले यस्ता गलत कामको साथ दिई रहने छन् त्यस दिनसम्म अस्थायी,राहत,वालबिकास र कर्मचारीहरूलाई स्थायी गराउने नाममा अझै अस्थायी शिक्षक तथा कर्मचारीहरू रहि रहने छ । र, त्यसैका नाममा शिक्षा क्षेत्रमा कुनै दिन सरकारले र स्वंम महासङ्घले निकै ठुलो परिस्थितीको सामना गर्नु पर्नेछ । यस्ता समस्याहरू समयमै समाधान गर्न सकिने कार्यलाई अझ बल्झाएर ठूलो घाउ बनाउने र त्यसैका निम्ती राजनीति गर्ने महासङ्घ किन चाहियो ?

अन्त्यमा, हरेक ठाँउमा भाग माग्ने र खोज्ने तर आत्मआलोचना गर्न नचाहाने महासङ्घको विकल्पमा शिकक्षकका हक हितको रक्षा गरी शैक्षिक मुद्दाहरू समयमै समाधान गर्न सक्ने र शैक्षिक वातावरण सुधार गर्ने,राजनीतिक दलको हस्तक्षेपबाट टाढारहेको तथा अहोरात्र सेवा कार्यरत कर्तव्यनिष्ठ शिक्षकहरू स्वंयमबाट प्रत्यक्ष मतदान गरी आफ्ना शैक्षिक नेता छान्ने र सम्स्या समाधान गर्ने स्वतन्त्र र नविनतम सोचको सम्मान गर्ने शिक्षक महासङ्घको स्थापना किन नगर्ने ?

(कार्की नारायणी नमुना मा.वि भरतपुर,चितवनका शिक्षक हुन ।)
यस लेखका अरु भाग क्रमशः आउनेछन् ।