सुर्खेत/३ जेठ- मध्यपश्चिम विश्वविद्यालयले प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक पदका लागि आवेदन आव्हान गरेको छ ।
विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, संस्थान, केन्द्र तथा एकेडेमीहरुका लागि पीएचडी र पोस्ट–पीएचडी गरेका २५ जना प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक पदका लागि आवेदन खुल्ला गरेको हो ।
साथै विश्वविद्यालय नेतृत्वले प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक लगायतलाई समेटेर ’एमयू प्रागिक आश्रम’ निर्माण गरी विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र, अनुसन्धान तथा औद्योगिकरणमुखी बनाउने अभियान थालनी गरेको उपकुलपतिको कार्यालय जानाएको छ ।




