काठमाडौं/३ जेठ- कोभिड १९ का कारण अष्ट्रेलियाले अन्तराष्ट्रिय सिमा नखोल्दा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरु मारमा परेका छन । कलेजमा शुल्क पठाईसकेका र भिषा लागेर बसेका विद्यार्थी अष्ट्रेलियाले अन्तराष्ट्रिय सिमा नखोल्दा जान पाएका छैनन ।
अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय सीमा खोल्न दबाव बढे पनि सन् २०२२ को मध्यभन्दा अघि आफ्नो अन्तर्राष्ट्रिय सीमा नखोल्ने दोहो¥याएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आफूहरुले स्वास्थ्यसम्बन्धी सुझावअनुसार नै यो निर्णय गरेको बताएका छन् ।
सिमा नाका बन्द हुँदा विदामा नेपाल आउन चाहने विद्यार्थी पनि अष्ट्रेलिया फर्कन नपाइने डरले आएका छैनन । त्यसैगरी त्यो विचमा नेपाल आएका विद्यार्थी नेपालमै रोकिनु परेको र पठनपनठन अनलाइनबाटै लिइरहेको अवस्था छ ।
अष्ट्रेलिया जान पनि नपाइने, कलेजको पढाइ अनलाइन बाटै हुने र शुल्कपनि महङ्गो हुने हुँदा यसलाई निरन्तर गर्न कठिन हुने विद्यार्थीहरुको भनाई छ । सिमा खुलिहाल्छ की भन्दै आसै आसमा बस्दा सिमा पनि नखुल्ने,पढाइ पनि सकिने जान पनि नपाइने होकि भन्ने कुराले अधिकांश विद्यार्थीहरु अहिले चिन्तामा छन् ।
अष्ट्रेलिया अध्ययनमा जाने लगभग सबै विद्यार्थी काम गर्दे कलेजमा लाग्ने शूल्क तिर्ने सोचमा गएका हुन्छन । अन्तराष्ट्रिय स्तरमा आफ्नो भविष्य निर्माण गर्छु र गुणस्तरीय उच्च शिक्षा विदेशमा लिन्छु भन्ने उदेश्यका साथ गएका हुन्छन । तर कलेजमा शुल्क पठईसकेका र भिषा लागेर बसेका विद्यार्थी अहिले मानसिक तनाबमा रहेका छन । न उनिहरुले भिषा रद्ध गर्न सक्छन न पठाइसकेको शूल्क सबै फिर्ता हुन्छ ।
सन् २०२० को मार्चमा अष्ट्रेलियाले आफ्नो सीमा अन्य मुलुकका र अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति नपाएका नागरिकको लागि बन्द गरेको थियो । त्यसयता निकै कम मानिसहरु मात्र अष्ट्रेलिया आउन पाएका छन् । यसले गर्दा २०२० को मार्च पछि भर्ना भएका विद्यर्थी अष्ट्रेलिया नगई पढाई अनलाइनबाटै सकिने सम्भावना बढी देखिन्छ ।
विश्व कोभिड १९ को महामारीसँग लडिरहेको वेला यसको प्रभाव कहिले सकिन्छ एकिन गर्न सकिने अवस्था छैन । त्यसकारण अष्ट्रेलिया गएर कमाउदै अध्ययन गर्छु र आफु जाँदा लागेको खर्च पनि तिर्छु भनेर कलेजमा शुल्क पठईसकेका र भिषा लागेर बसेका विद्यार्थी अहिले अफ्ठेरोमा परेका छन् ।
अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्रिडेनबर्गले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा अन्तर्राष्ट्रिय सीमा बन्द राख्न दिइएको स्वास्थ्य सुझावले अष्ट्रेलिया अहिले विश्वभर देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बचेको बताएका छन् ।
त्यसै गरी वर्षको अन्तिमसम्ममा आफ्ना सबै नागरिकलाई कोरोना खोप लगाउने अष्ट्रेलियाको तयारी छ ।



