काठमाडौं/२ जेठ–पछिल्लो चौबीस घण्टामा ७,३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ७,३१६ तथा एन्टिजेन परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसै गरी चौबीस घण्टामा १४५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ६,६४८ जनाले कोरोनालाई जितेका छन् ।



