काठमाडौं /२ जेठ- काठमाडौं महानगरपालिका शिक्षा विभागले नगर भित्र सञ्चालनमा रहेका सबै विद्यालयलाई परीक्षा सञ्चालन गरी जेठ मसान्त भित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।
शैशिक्षक सत्र २०७७ को वार्षिक मूल्यांकन पाठ्यक्रममा व्यावस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया अपनाई जेठ २० गते भित्र परीक्षा सम्पन्न गरी मसान्त भित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएको हो ।
साथै कक्षा ८ को परीक्षा सम्बन्धमा यथाशिघ्र सूचना गरिने काठमाडौं महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ ।




