रौतहट/४ माघ– अत्यधिक मात्रामा चिसो बढेका कारण रौतहटको गरुडा नगरपालिकास्थित सम्पूर्ण विद्यालय तीन दिनसम्मका लागि बन्द हुने भएका छन् ।
गरुडा नगरपालिकाले आज एक सूचना जारी गर्दै एक सातादेखि चलेको शीतलहरका कारण बालबालिकामा कोभिड–१९ को थप जोखिम बढ्न सक्ने भएकाले आजदेखि ३ दिन अर्थात् माघ ६ गतेसम्म सामुदायिक तथा संस्थागत सबै विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
प्रतिकुल मौसममा विद्यालय सञ्चालन गर्दा सबै विद्यार्थीलाई आउन र पठनपाठनमा समस्या हुने भएकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको नगर प्रमुख ईन्नु राय यादवले बताइएको छ ।
लगातार एकसाता देखिको शीतलहरको कारण रौतहटका साथै बारा,पर्सा,सर्लाही लगायत तराईको जनजीवन प्रभावित बनेको छ ।




