काठमाडौं /३ मंसिर – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूमा नयाँ विषय वा कार्यक्रम सञ्चालन, सेक्सन थप तथा विद्यार्थी कोटा वृद्धि गर्न पेस भएका आवेदनमध्ये न्यूनतम मापदण्ड पूरा गर्ने क्याम्पसहरूको सूची सार्वजनिक गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को मिति २०८२/०५/१५ र २०८२/०६/२५ को निर्णयअनुसार प्रकाशित सूचनाबमोजिम प्राप्त आवेदनहरूको अध्ययनपछि न्यूनतम मापदण्ड पूरा गर्ने क्याम्पस तथा कलेजहरूको सूची र सम्बन्धित थप विवरण विश्वविद्यालयले मिति २०८३/०७/२१ र २०८३/०८/०१ मा आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको योजना निर्देशनालय, उपकुलपतिको कार्यालय, कीर्तिपुरबाट मिति २०८३/०८/०३ मा जारी सूचनामार्फत यसबारे सम्बन्धित सबै क्याम्पस तथा कलेजहरूलाई जानकारी गराएको छ ।
यससँगै सम्बन्धन प्राप्त क्याम्पसहरूमा विषय तथा कार्यक्रम विस्तार, सेक्सन थप र विद्यार्थी कोटा वृद्धिसम्बन्धी प्रक्रिया अघि बढेको देखिएको छ । थप जानकारीका लागि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाइट www.tu.edu.np मा प्रकाशित सूचना तथा सूची हेर्न सकिनेछ।


