पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा

काठमाडौं/२ मंसिर – पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।


उनले बुधबार फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै आफ्नो ज्ञान, सीप र अनुभव काठमाडौंको विकास तथा सुशासनका लागि समर्पित गर्ने बताएकी छन् ।


तर, उनले कुन दलबाट वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्ने खुलाएकी छैनन् । जेनजी आन्दोलनपछि सांसद र रास्वपाको सदस्यता त्यागेकी श्रेष्ठ २०८० फागुनमा शिक्षामन्त्री बनेकी थिइन् ।


उनले सामाजिक सञ्जालमा लेखेकी छन् “मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।”