अध्यक्ष–प्रधानाध्यापक र शिक्षकबीच कार्यसम्पादन करार सम्झौता

बैतडी/२२ जेठ – पाटन नगरपालिकाले शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै ‘एक वडा एक नमुना विद्यालय’ कार्यक्रम लागू गरेको छ ।


उक्त कार्यक्रमका लागि नगरपालिकाले २० लाख रूपैयाँ बजेट विनियोजन गरेको शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयले जानकारी दिए ।


शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पञ्चवर्षीय योजना निर्माण प्रक्रिया अघि बढेसँगै नमुना विद्यालयले अनिवार्य पालना गर्नुपर्ने मापदण्ड निर्धारण गरेको तयार सामाजिक विकास समिति संयोजक हरिश विष्टले जानकारी दिए ।


मापदण्डअनुसार शिशु कक्षादेखि नै शैक्षिक सामग्रीको सुनिश्चितता, शिक्षण सिकाइ तथा ‘सिकाइ चौतारी’को प्रयोग अनिवार्य गरिएको छ ।


विद्यालयले अघिल्लो शैक्षिक सत्रको स्व–मूल्याङ्कन र समीक्षा गरी नतिजा सार्वजनिक गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
त्यसैगरी, ई–हाजिरी शिक्षकको उपस्थिति व्यवस्थापन, अध्यक्ष–प्रधानाध्यापक–शिक्षकबीच कार्यसम्पादन करार सम्झौता र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मापदण्डअनुसार स्व–मूल्याङ्कन गर्ने प्रावधान छ ।