नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको पदमा आवेदन माग

काठमाडौँ/१३ जेठ – नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको रिक्त पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।


शिक्षा तथा खेलकुद मन्त्रालयको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको हो ।
समितिबाट जेठ ११ मा स्वीकृत नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको छ ।


इच्छुक तथा योग्य व्यक्तिले जेठ २२ गतेभित्र मन्त्रालयको वेबसाइट www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिनेछ ।