नमस्कारले मात्रै शिक्षककको घर चल्दैन : क्रान्तिशिखा धिताल

काठमाडौँ /१२ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले समाजले शिक्षकसँग आफूलाई चाहिने कुरा मात्र सोधेको तर शिक्षकलाई के चाहिन्छ भनेर कहिल्यै नसोधिएको बताएकी छन् ।


मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नमस्कारले मात्रै शिक्षककको घर नचल्ने भएकोले शिक्षकको मागलाई सम्बोधन गर्नुपर्ने माग राखेकी हुन् । यसैगरी शिक्षककको सममाना गर्न नसकने देशमा समृद्ध नहुने उनका भनाई छ ।


उनले भनिन् ‘सभामुख महोदय, जुन देशमा शिक्षकको सम्मान हुँदैन, त्यो देश कसरी चेतनशील र समृद्ध बन्ला ? योग्यता, क्षमता सबै भरपुर हुँदाहुँदै पनि आफ्नो पेसाले सम्मानजक जीवन नदिँदा शिक्षकहरू भित्रभित्रै अपमान, निराशा र मानसिक पीडासँग लडिरहेका छन्, समाजले शिक्षकसँग सधैँ आफूलाई चाहिने कुरा मात्रै माग्यो, तर शिक्षकलाई के चाहिन्छ भनेर कहिल्यै सोधेन । अब शिक्षकलाई के चाहिन्छ तपाईं हामी सोधौँ ।’