काठमाडौँ /३१ वैशाख – राष्ट्रिय परीक्षाबोर्ड, परक्षिा नियन्त्रण कार्यलय कक्षा १० ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (पूरक)को समय तालिका सार्वजनिक गरेको छ । आगामी असार १ गतेदेखि ९ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको हो ।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा २०८२ सालको मूल परीक्षामा नियमित समुहबाट समावेश भई ननग्रेड भएका परीक्षार्थीहरु मात्र समावेश हुन पाउने बोर्डले जनाएको छ ।
हेर्नुहोस तालिका




