काठमाडौँ /१३ वैशाख – मनोहरा खोलाको किनारमा सञ्चालित विद्यालय भवनमा पनि डोजर चल्ने भएको छ । सुकुमबासी बस्ती हटाउने क्रममा खोला किनारमा रहेको सरस्वती आधारभूत विद्यालयको भवन भत्काईने भएको हो ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ मनोहरामा रहेको उक्त विद्यालयलाई आज भवन खालि गर्नु भनेपछि विद्यालयका सरसामानहरू सुरक्षाकर्मीले हटाउन सहयोग गरेका छन् ।
विद्यालय भत्काउने बारे सूचना नपाएको र समाना हटाउन नपाएको विद्यालयको भनाई छ । तर आज विद्यालयमा रहेका फर्निचरदेखि पुस्तक, कापीहरू तथा स्टेशनरीका सामानहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सारिरहेका छन् ।
कक्षा १ देखि ८ सम्म पढाई हुने यो विद्यालय सरकारी जग्गामा परेकाले हटाउने काम भइरहेको जनाइएको छ । २०६२ सालमा स्थापना भएको विद्यालयमा सुकुबासी बस्तीका र। बहिरका गरेर कुल २७५ विद्यार्थी पढ्दै आइरहेका थिए ।



