नक्कली स्थायी अध्ययन अनुमति पत्रको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन

काठमाडौं/१९ भदौं–अख्तियार अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाको फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये नक्कली स्थायी अध्ययन अनुमति पत्र प्रयोग गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।