काठमाडौं/२० भदौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको एक विषयको मौका परीक्षा २०७९ को परीक्षा तालिका सार्वजनिक गरेको छ । एक विषयको मौका परीक्षाको आवेदन फारम भरेका परीक्षार्थीका लागि मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
वार्षिक परीक्षा प्रणालि अनतर्गत २०७९ असोज ८ गते सचालन गरीने प्रविणता प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरुको तेस्रो वर्षको एक विषयको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।



