चलचित्र बिकास बोर्डले चलचित्र बारे अध्ययन गर्ने २० विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं/६ भदौ-चलचित्र बिकास बोर्डले चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धानका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ । चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न बोर्डबाट प्रदान गर्न आवेदन माग गरेको हो ।


बोर्डले विद्यावारिधि शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका विद्यावारिधि शोधवृत्तिमा २ जना, दर्शनाचार्य गर्दै गरेका २ जना, स्नातकोत्तरमा चलचित्र सम्बन्धी शोधकार्य गर्ने २ जना, चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी २ जनाका लागि आवेदन मागीएको छ ।


त्यसैगरी स्नातक तर्फ चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययनरत खुलातर्फ ५ जना आरक्षणतर्फ ५ जना गरी १० जनाका लागि आवेदन माग गरेको छ । आरक्षणमा मधेशी, दलित र जनजातितर्फ– ३ जना र महिलातर्फ २ जना रहेको छ ।
साथै लघु पाठ्यक्रम चलचित्र सम्बन्धी मूल विषय लिएर लघु पाठ्यक्रम अध्ययनरत विद्यार्थीहरू २ जनाका लागि आवेदन माग गरएिको छ ।


सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरू सहित असोज ४ गतेभित्र छात्रवृत्तिका लागि आवेदन पेश गर्नु सकिने छ ।

https://www.film.gov.np/notices/33/