एमबिबिएस, बिडिएस र डी फार्मेसी अध्ययनका लागि छात्रवृत्तिमा आवेदन माग


काठमाडौं ११ साउन चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । स्नातक तहका एमबिबिएस, बिडिएस र डी फार्मेसीका लागि छात्रवृत्तिमा आवेदन माग गरेको हो ।


शैक्षिक सत्र २०२२/२०२३ का लागि नेपाल सरकारलाई पाकिस्तान सरकारबाट पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्तर्गत स्नातक तहका एमबिबिएस, बिडिएस र डी. फार्मेसी विषय र १९ सिटमा पाकिस्तान गई अध्ययन गर्न छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।


छात्रवृत्तिका लागि इच्छुक योग्यता पुगेका उम्मेदवारहरुले साउन १६ गतेभित्र अनलाईन आवेदन पेश गर्न सकिने छ ।

सूचना याहाँबाट हेर्न सकिन्छ :

https://www.mec.gov.np/public/uploads/shares/PTAP_Notice.pdf