काठमाडौं/१३ असोज-शिक्षक र निजामती कर्मचारी विच दिइने सेवा सुविधामा सरकारले विभेद गरेको भन्दै शिक्षकहरुले विरोध गरेका छन् । निजामती कर्मचारीलाई पर्यटन काजमा दोब्बर सुविधा बढाउदा शिक्षकलाई अपमान गरीएको भन्दै विरोध गरेका हुन ।
यसै सन्दर्भलाई लिएर रत्न मा.वि. तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराईले विरोध स्वरुप सरकारलाई दवाव दिई माग पुरा गराउनका लागि असोज १४ गते देशै भरीका शिक्षक साथीहरुलाई कालो पट्टि बाधेर विद्यालयकामा पठपाठनमा संलग्नहुन आग्रह गरेका छन् ।

भट्टराइले शिक्षकको मर्यादाक्रम र राष्ट्रसेवक कर्मचारी सरहको सेवा सुबिधाको माग राख्दै असार १७ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् । मुद्दाको पेशी असोज १७ गतेलाई तोकिएको छ ।
सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा उल्लेख गरी पर्यटन क्षेत्र प्रवर्धन गर्न शिक्षकलाई बाहेक निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानमा कार्यरत कर्मचारीका लागि देशभित्रका गन्तव्यहरुको भ्रमण गराउन बाटो म्यादसहित १० दिनको पर्यटन काज दिने निर्णय गरेको थियो ।
साथै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले “पर्यटन काज कार्यविधि २०७८” तयार गरी कार्यन्वयनमा ल्याउने तयारी थालेको छ । कार्यविधिले काजमा जाने कर्मचारीको परिवार समेत काजमा जान सक्नेगरी व्यवस्था गरेको छ ।
पर्यटन काजमा जाने कर्मचारीको श्रीमान, श्रीमती तथा अविवाहित छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनुपर्छ भनेको छ । सो शब्दले पुरुष र अविवाहिता महिला कर्मचारीको हकमा निजको बाजेबज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको सासू, ससुरालाई जनाउने उल्लेख छ । काजमा जाने कर्मचारी आफूसहित परिवारका सदस्य बढीमा दुई जना नबढ्ने गरी काज भ्रमणमा जान पाउने व्यवस्था कार्यविधिले गरेको छ ।
परिवारका सदस्यलाई समेत कर्मचारीसरह सुविधा पाउने र यातायात खर्चवापत दैनिक दुई हजार रुपियाँका दरले २० हजार रुपियाँ अग्रिम उपलब्ध गराउने व्यवस्था गरेको हो ।
तर निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानमा कार्यरत कर्मचारी र उनीहरुका परीवारलाई यो सेवा सुविधा दिए पनि शिक्षकहरुलाई भने यो सेवा सुविधाबाट वञ्चित गरिएको छ ।



