पोखरा विश्वविद्यलायको स्नातक तह पहिलो सेमेष्टरको परीक्षा पौष पहिलो हप्ताबाट

कास्की/८ असोज-पोखरा विश्वविद्यलाय परीक्षा नियन्त्रण कार्यलयले स्नातक तह पहिलो सेमेष्टरका सबै परीक्षा पौष महिनाको पहिलो हप्ताबाट सञ्चालन गर्ने जनाएको छ ।


स्नातक तहका व्यावस्थापन, ईञ्जिनियरिङ्ग र मानविकी तथा सामाजिकशास्त्र संकायका सम्पूर्ण कार्यक्रमहरुको फल २०२१ (fall 2021) को पहिलो सेमेष्टरको परीक्षा पौषको पहिलो हप्ताबाट सञ्चलन गर्ने जनाएको हो ।

साथै पठनपाठन तथा आन्तिरिक मुल्याड्ढनको प्रक्रिया पुरा गरी विद्यार्थीहरुबाट परीक्षा फारम भराई कार्ति ३१ गतेभित्र विश्वविद्यलाय परीक्षा नियन्त्रण कार्यलयमा पठाउन सबै कलेज तथा विद्यार्थीहरुलाई सूचना जारी गरेको छ ।