सामुुदायिक विद्यालयका कक्षा ८ सम्मका विद्यार्थीलाई रंगिन पुस्तक

काठमाडौं/२३ पुुष– आगामी शैक्षिक सत्रमा सामुुदायिक विद्यालयका कक्षा ८ सम्मका विद्यार्थीहरुले रंगिन पाठ्यपुस्तक पाउने भएका छन् ।
जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छपाईको काम सुरु गरिसकेको छ । सरकारले कक्षा ८ सम्मका विद्यार्थीलाई रंगिन पुस्तक उपलब्ध गराउन दुुई अर्ब २१ करोड बजेट विनियोजन गरेको थियो । सोही अनुसार केन्द्रले पुुस्तक छपाईको काम गरिरहेको छ ।
केन्द्रका अनुसार अघिल्लो वर्ष कक्षा ५ सम्मका विद्यार्थीले रंगिन पुस्तक प्राप्त गरेका थिए भने आगामी शैक्षिक सत्रमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले रंगिन पुुस्तक पाउने छन् । जसका लागि केन्द्रमा ८० लाख थान पुस्तक छपाइ हुँदैछ ।
आउँदो चैत २० गतेभित्र छपाइ सकाएर चैत मसान्तभित्र बिक्री वितरणका लागि पठाइसक्ने केन्द्रको भनाई छ ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले पाठ्यपुुस्तक छपाइको अवस्था बारे अनुुगमन गरेको छ । अनुुगमनका क्रममा उनले आगामी शैक्षिक सत्र सुुरु हुँदा पुस्तक पुु¥याउन सकिने अवस्था रहेको बताए ।