स्नातकोत्तर तहको नियमित तथा पूनः परीक्षाको आवेदन फारम खुला

काठमाडौं /२२ असार- त्रिभुवन विश्वविद्यलाय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यलय परीक्षा नियन्त्रण महाशाखले स्नातकोत्तर तहको नियमित तथा पूनः परीक्षाको लागि आवेदन फारम माग गरेको छ ।


वन विज्ञान अध्ययन संस्थान डीनको कार्यलय परीक्षा नियन्त्रण महाशाख द्धारा सञ्चालन गरिने स्नातकोत्तर तह प्रथम वर्ष प्रथम सेमेष्टरको नियमित परीक्षा तथा प्रथम वर्ष प्रथम समेष्टर, प्रथम वर्ष दाश्रो सेमेष्टर,दोश्रो वर्ष प्रथम सेमेष्टर र तेस्रो वर्ष दोश्रो सेमेष्टरको पुनः परीक्षामा सम्मिलित हुने सम्पूर्ण परीक्षार्थीहरुका लागि आवेदन फारम भर्न सूचित गरेको हो ।


परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुले साउन १० गते भित्र कलेजमा सम्पर्क राखि परीक्षा फारम भर्न जानकारी गराएको छ ।