त्रिविलाई १० दिनभित्र आफ्ना माग पूरा गर्न पाँच विद्यार्थी संगठनको अल्टिमेटम

काठमाडौं /१६ असार- पाँच विद्यार्थी संगठनले पाँच बुँदे मागसहित त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलवार विद्यार्थी संगठनले आफ्ना माग १० दिन भित्र पुरा गर्न माग गर्दे पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।


नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त रुपमा ज्ञापनपत्रमा बुझाएका हुन् ।


पाँच बुँदे संयुक्त ज्ञापनपत्रमा लकडाउनका कारण विश्वविद्यालयले निर्धारण गरेको शैक्षिक सत्रको समयअवधि परीक्षा नलिइकनै समाप्त भएको भन्दै उपयुक्त विधि र समयावधि तोकेर परीक्षा सञ्चालन गर्न माग गरिएको छ ।


ज्ञापनपत्रमा एम फिल र पीएचडी भर्ना शुल्क बारेको समस्या तत्काल समाधान गर्न र अनुसन्धान कार्यलाई सहज,व्यावहारीक वैज्ञानिक बनाउने कार्यमा विद्यार्थीहरूसँग संवाद गरि समाधान गर्न पनि माग गरिएको छ ।


त्यसैगरी त्रिवि अन्तर्गतका आंगिक क्याम्पसमा लागू गरिएका सबै विषयहरुलाई नीजि क्षेत्रबाट सञ्चालन गर्न बन्द गर्नुपर्ने भन्दै आंगिक क्याम्पसहरुमा कानुन विषयको अध्ययन अध्यापनको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।


शैक्षिक कार्यक्रमहरु क्यालेन्डर बनाएर लागू गर्दे शैक्षिक सत्रको विषएमा देखिएका समस्याको समाधान गर्न माग गरीएको छ । साथै क्याम्सहरुमा हरेक वर्ष शुल्क बढाउने कार्यलाई बन्दगर्नु पर्ने र अकडाउन अवधिको शुल्क मिनाहा गर्न माग गेका छन् ।