कृषि र पशु विज्ञानको परीक्षा आवेदन फारम खुला

काठमाडौं /१२ असार- त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डिनको कार्यलयले परक्षिा आवेदन फाराम खुला गरेको छ । बि.एस्सी कृषि प्रथम सत्रान्त पुन परीक्षा,बि एस्सी कृषि दोश्रो सत्रान्त नियमित र बि.भि.एस्सी एण्ड ए.एच दोश्रो सत्रान्त नियमित परीक्षाको आवेदन फाराम खुला गरेको हो ।


सत्रान्त परीक्षा प्रणाली अनुरुप पुनः र नियमित परक्षिा साउन महिनामा सञ्चालन हुने भएकोले परीक्षा दिने विद्यार्थीले असार ११ गते देखि २५ गते भित्र रतिपूर्वक परक्षिा आवेदन भरी सम्बन्धित क्याम्पसमा बुझाउन भनिएको छ ।


साथै बि.एस्सी कृषि प्रथम सत्रान्त पुन परीक्षाको र बि.एस्सी कृषि दोश्रो सत्रान्त नियमित परक्षिाको परक्षिा केन्द्र रामपुर,गौरादह,लमजुङ्ग,पक्लिहवा , गोकुलेश्वर ,पृथु टेक्निकल कलेज , क्याम्पस अफ लाईभ साइन्सेज तोकेको छ ।

त्यस्तै बि.भि.एस्सी एण्ड ए.एच दोश्रो सत्रान्त नियमित परक्षिाको पक्लिहवा क्याम्पस परीक्षा केन्द्र तोकिएको छ ।विश्वविद्यालयले परक्षिा तालिका पछि प्रकाशित गरिने जानकारी दिएको छ ।