कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने समय थप

काठमाडौं/११ असार-राष्ट्रिय परीक्षा बोर्ड परक्षिा नियन्त्रण कार्यलयले रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फाराम बुझाउने समय थप गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड द्धारा २०७८ मा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा आवेदन फाराम तथा शैक्षिक सत्र २०७७/०७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन आवेदन फाराम बुझाउने समय थप गरेको हो ।


बोर्ड द्धारा पूर्व प्रकाशित सूचना अनुसार २०७७ चैत मसान्तभित्र बोर्डका कार्यलयहरुमा परीक्षा आवेदन र रजिष्ट्रेशन आवेदन फाराम बुझाउन भनिएकोमा उक्त समयमा फाराम बुझाउन छुट भएका विद्यालय तथा विद्यार्थीका लागि दोब्बर दस्तुर सहित २०७८ असार २० गते भित्र फारम बुझाउन भनिएको छ ।


साथै दोब्बर दस्तुरमा रजिष्ट्रेशनका लागि आठ सय र परक्षिा आवेदनका लागि बाह्र सय बोर्डका नाममा जम्मा गरी विद्यालयहरुले बोर्डका सम्बन्धित कार्यलयहरुमा फाराम बुझाउने व्यावस्था गरिएको जनाएको छ ।