झापा/९ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह ४ स्थित डोरामाडी माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यस गर्नुभएको छ । मंंगलबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा आलिले भवन शिलान्यस गर्नु भएको हो ।
सोहि क्रममा प्रधानमन्त्री ओलीले देशमा पछिल्लो समय विकास निर्माणमा उदाहरणिय कामहरु भएको दाबि गर्नभयो । विद्यालय भवन शिलान्यासको क्रममा भन्नु भयो “तिब्र गतिले देश विकासको गतिमा अगाडि बढीरहेको छ । हामि सबैलाई थाहा छ विगत ३० वर्षमा नभएका कामहरु केहि १२,१५ वर्षमा भए होलान, अहिले २७ वर्षमा नभएका कामहरु ३ वर्षमा भएका छन् ।” समृद्ध नेपाल र सुखि नेपालीको नारा साकार पार्न सबै नेपाली एक हुनपर्ने धारणा राख्दै देशलाई अस्थिरता र अन्योलतामा फसाउन विभिन्न शक्ति लागि परेको समेत बताउनु भयो ।
भवनको प्रत्यक्ष रुपमा भने प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्किले शिलान्यास गर्नु भएको छ । सोहि क्रममा बोल्दै मन्त्री कार्किले सरकारले विकासका थुप्रै उदाहरणिय काम गरेको स्मरण गर्दे डोरामाडी माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गराउन सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
त्यसैगरी गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहले तिन करोड ६४ लाखको लागतमा भौतिक सुविधा सम्पन्न आधुनिक विद्यालय भवन निर्माण हुने जानकारी गराउनु भयो । याहि जेठ ७ गते भवन निर्माणका लागि सम्झौता भएको शाहले बताउनु भयो ।
विद्यालयको नयाँ भवन २२ कोठाको हुने र आगामि मंसिर महिनामा निर्माण सम्पन्न हुने विद्यालय सञ्चालक समितिका अध्यक्ष तुल्सि कार्किले बताउनु भएको छ । शिलान्यस कार्यक्रममा शिक्षा क्षेत्र लगायत विभिन्न क्षेत्रका व्याक्तित्वहरुको उपस्थित रहेको थियो ।



