नेपालमा रहेका उच्च शैक्षिक संस्थाको वर्तमान अवस्था

काठमाडौं /४ असार- नेपाल सरकारले अवलम्बन गरेको वहु–विश्वविद्यालयको अवधारणा बमोजिम हाल नेपालमा११वटा विश्वविद्यालयहरू ९त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालय, सुदूर पश्चिमाञ्चल विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय० र ४ वटा मानित विश्वविद्यालय सरहका प्रतिष्ठानहरू ९वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ० सञ्चालनमा रहेका छन ( स्रोतः विश्वविद्यालय अनुदान आयोग )।

११ वटा विश्वविद्यालय र ४ वटा प्रतिष्ठानहरुमा रहेका सामुदायिक, आंगिक र नीजि गरि जम्मा १४३२ वटा क्याम्पसहरु संचालनमा रहेका छन । सबैभन्दा बढी उच्च शिक्षाका शैक्षिक संस्थाहरु त्रिभुवन विश्वविद्यालय (११४१) को रहेको छ । यस्तै गरेर पूर्वाञ्चल विश्वविद्यालय (११६),पोखरा विश्वविद्यालय (६७), काठमाडौं विश्वविद्यालय (२४), नेपाल संस्कृत विश्वविद्यालय (१८), मध्य पश्चिमाञ्चल विश्वविद्यालय (१८), कृषि तथा वन विज्ञान विश्वविद्यालय (१७), सुदूर पश्चिमाञ्चल विश्वविद्यालय (१५),लुम्बिनी बौद्ध विश्वविद्यालय (९), नेपाल खुला विश्वविद्यालय (१), राजर्षी जनक विश्वविद्यालय (१), वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान (१), राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (२), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (१) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको (१) रहेको छ ।

देशभर रहेका १४३२ उच्च शैक्षिक संस्थामा सामुदायिक ५३८ (३७.५७ %), आंगिक १४७ (१०.२७ % ) र नीजि ७४७ (५२.१६) रहेका छन । प्रदेशगत आधारमा,प्रदेश १ मा ८१ सामुदायिक, २३ आंगिक र ९२ वटा नीजि शैक्षिक संस्थाहरु रहेका छन । प्रदेश २ मा ४१ सामुदायिक, ९ आंगिक र ७३ वटा नीजि रहेका छन । यो संख्या वाग्मती प्रदेशमा १७० सामुदायिक, ४४, आंगिक र ४०७ नीजि रहेका छन । गण्डकी प्रदेशमा ८३ वटा सामुदायिक, १६आंगिक र ५२ नीजि रहेका छन । लुम्विनी प्रदेशमा ८८ सामुदायिक, १७ आंगिक र ८० नीजि शैक्षिक संस्था रहेका छन । यो संख्या कर्णाली प्रदेशमा सामुदायिक २५, आंगिक १८ र नीजि १८ रहेको छ । सुदुर पश्चिम प्रदेशमा हेर्ने हो भने सामुदायिक ५०, आंगिक २० र नीजि २५ रहेका छन । प्रदेशगत रुपमा हेर्दाः प्रदेश १ मा १९६ (१३.६९ %), प्रदेश २ मा १२३ (८.५९ %०), वाग्मती प्रदेशमा ६२१ (४३.३७ %), गण्डकी प्रदेशमा १५१ (१०.५४ % ), लुम्विनी प्रदेशमा १८५ (१२.९१ %), कर्णाली प्रदेशमा ६१ (४.२६ % ) र सुदुर पश्चिमा प्रदेशमा ९५ ९६.६३%) वटा क्याम्पसहरु संचालित छन ।

अव छलफल गरौं माथि उल्लेखिन विश्वविद्यालयहरुमा कति विद्यार्थिहरु अध्ययनरत छन । देशको सबैभन्दा ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालयमा ३,३५,५४३ जना विद्यार्थिहरु अध्ययनरत छन । यस्तै पोखरा विश्वविद्यालयमा ३०,५४२,पूर्वाञ्चल विश्वविद्यालयमा २७,५२७ ,काठमाडौं विश्वविद्यालयमा १८,३५६, सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा १०,११३, मध्य पश्चिमाञ्चल विश्वविद्यालयमा ७,३५३, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ३,८७१, नेपाल संस्कृत विश्वविद्यालयमा ३,७४९, वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १,५२८, नेपाल खुला विश्वविद्यालयमा ९५५,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९३१, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ६९५, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा ४४७, राजर्षी जनक विश्वविद्यालयमा १५३, र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ गरि जम्मा ४,४१,८१९ जना विद्यार्थिहरु उच्च शिक्षामा अध्ययनरत छन । विद्यार्थिको भारलाई हेर्ने हो भने, त्रिभुवन विश्वविद्यालय ७५.९५ %, पोखरा विश्वविद्यालय ६.९१ % , पूर्वाञ्चल विश्वविद्यालय ६.२३ % , काठमाडौं विश्वविद्यालय ४.१५ % र अन्य विश्वविद्यालय प्रतिष्ठान गरि ६.६७ % रहेको छ ।


नेपालको उच्च शिक्षामा अध्ययनरत ४,४१,८१९ जना विद्यार्थि मध्ये छात्रा २,२९,९६१ (५२.०५ %) र छात्र २,११,८५८ (४७.९५ % ) रहेका छन । जसमा १,२१,०९१ जना (छात्रा ७८,३५६ र छात्र ४२,७४३) सामुदायिक क्याम्पसमा अध्ययनरत छन । यस्तै गरेर १,५९,२०९ (छात्रा ७०,७६७ र छात्र ८८,४४२) आंगिक क्याम्पसमा छन । नीजि क्याम्पसमा पढने विद्यार्थिको संख्या १,६१,५११ ( छात्रा ८०,३३८ र छात्र ८०,६७३ ) रहेको छ ।

बिषयगत आधारमा व्यवस्थापनमा २,०४,८५५ (४६.३७ % ), शिक्षामा ७५,९५७ (१७.१९ % ), मानविकि र सामाजिक विज्ञानमा ४८,४३३ (१०.९६ % ), विज्ञान तथा प्रविधिमा ३७,०२६ (८.३८ % ), ईन्जिनियरिङ्गमा २९,०१८ (६.५७% ) , चिकित्सा विज्ञानमा २८,२५२ (६.३९ % ) , र अन्य १८,२८९ (४.१४ % ) रहेका छन ।

उच्च शिक्षाको तहगत आधारमा स्नातक तहमा ३,९४,८८९, स्नात्तोकोत्तर तहमा ४३,६१२, एमफिलमा १,०७५, पिएचडीमा २,०१९ र पिजिडी ( PGD ) मा २२४ जना अध्ययनरत छन । प्रदेशगत आधारमा अध्ययनरत विद्यार्थिहरुको संख्यालाई तल चित्रमा पनि प्रस्तुत गरिएको छ ।

सवैभन्दा बढी वाग्मती प्रदेशमा २,३१,१९७ ( ५२.३३ % ) जना विद्यार्थीहरु उच्च शिक्षामा अध्ययनरत छन । त्यस्तै लुम्विनी प्रदेशमा ५०,१७१ (११.३६ % ), प्रदेश १ मा ५०,०६६ (११.३३ % ), गण्डकी प्रदेशमा ३९,४०७ (८.९२ % ), प्रदेश २ मा २९,७०३ ( ६.७२ % ), सुदुर पश्चिम प्रदेशमा २७,६९९ (६.२७ % ), र कर्णाली प्रदेशमा जम्मा १३,५७६ (३.०७ % ) जना विद्यार्थीहरु उच्च शिक्षामा अध्ययनरत छन ।

नेपालका ११ वटा विश्विविद्यालय र ४ वट प्रतिष्ठानमा गरेर जम्मा ९,६७७ (वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान बाहेक ) जनाले अध्यापन गराउदछन । जसमा प्राध्यापक ८४६, सह-प्राध्यापक २,३४५, उप-प्राध्यापक ५,०९९ र शिक्षण सहायक १,२५२ रहेका छन ।

नेपालको संविधान २०७२ ले नेपाललाई एक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा स्थापित गरेको छ । अब प्रश्न उठछ नेपाल सरकार संघियता कार्यन्वयनमा कति अगाडी छ त रु प्रदेशगत रुपमा भएका हाम्रा उच्च शिक्षाका शैक्षिक संस्था हाम्रो भुगोल अनुरुप प्रयाप्त छन कि छैननरु किन वाग्मती प्रदेशमा ६२१ ( ४३.३७ % ) वटा शैक्षिक संस्था खुल्न पुगे । देशको सबैभन्दा ठुलो भुगोल भएको कर्णालीमा जम्मा ६१ (४.२६ % ) मात्र शैक्षिक संस्था छन रु जनसंख्याको हिसाबले दोश्रो ठुलो प्रदेश ९प्रदेश २ मा किन जम्मा १२३ ( ८.५९) ओटा शैक्षिक संस्था मात्र रहे रु यि सब प्रश्नहरुको आलोचनात्मक रुपमा विश्लेषण गरि उच्च शिक्षामा सवै प्रदेशको समान पहुचको व्यवस्था मिलाउनु आजको आवश्यकता हो ।जवसम्म शिक्षालाई समावेशी रुपमा प्रत्येक नागरिकको पहुचमा पुर्याईदैन विकास र संविधानले कल्पना गरेको समावेशी र समाजवाद उन्मुख समाजको निर्माण गर्न सिकदैन ।

नोटःयस आलेखमा प्रस्तुत गरिएको डाटा विश्वविद्यालय अनुदान अयोगको प्रतिवेदनबाट साभार गरिएको हो ।
(डा. कृष्णप्रसाद पौडेल नेपाली कांग्रेस शिक्षा विभाग तथा ज्ञान ब्यबस्थापन विज्ञका सचिव हुन )