बालविकास सहयोगी शिक्षक प्रोत्साहनलाई बजेट विनियोजन

काठमाडौं /३ असार- कर्णाली प्रदेश सरकारले बालविकास सहयोगी शिक्षक प्रोत्साहनलाई निरन्तरता दिने भएको छ । केन्द्रिय सरकारले बालविकासका शिक्षकको तलब वृद्धि गर्ने निणय गरेसंगै प्रदेश सरकारले प्रोत्साहनलाई निरन्तरता दिने निर्णय गरेको हो ।


कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०८९ मा बालविकास सहयोगी शिक्षक प्रोत्साहनलाई निरन्तरता दिनका लागि रु २ करोड ७२ लाख रकम विनियोजन गरेको छ।


संघिय सरकारले भने हाल उपलब्ध गराउदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरि ८ हजार पु¥याएको र न्युनतम पारिश्रमिक भन्दा कम हुन आउने रकम सम्बन्धित स्थानिय तहले व्योहोर्ने व्यावस्था मिलाइने भन्दै पाँच अर्ब ५५ करोड विनियोजन गरेको छ ।