८,६६३ जनाले कोरोनालाई जिते, ४,६२४ जना संक्रमण थपिए ,१०१ जनाको मृत्यु

काठमाडौं/२१ जेठ–पछिल्लो चौबीस घण्टामा ४,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा १४,१८२ को नमुना आरटीपीसीआर परीक्षण गरीएकोमा ४,६२४ मा पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसै गरी पछिल्लो चौबीस घण्टामा १०१ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६३ जनाले कोरोनालाई जितेका छन् ।