त्रिविको शोध प्रवन्ध अनुसन्धान परियोजना प्रस्ताव पठाउने समय थप

काठमाडौं/ १८ जेठ- त्रिभुवन विश्वविद्यालयले अनुसन्धान कोर्ष अन्र्तगतका सहकार्यत्मक र शोध प्रवन्ध अनुसन्धान परियोजना प्रस्तावको समय थप गरेको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरद्धारा आर्थिक वर्ष २०७७÷७८ को कार्यक्रम अन्र्तगत त्रिवि अन्र्तगतका सम्पूर्ण अध्ययन संस्थान र संकायहरुबाट सहकार्यत्मक अनुसन्धान परियोजना र शोध प्रवन्ध अनुसन्धान परियोजना सञ्चालनका लागि जेठ १४ गते भित्र अनुसन्धान प्रस्ताव पठाउन भनिएकोमा प्रस्ताव पठाउने समय थप गरिएको छ ।

शिक्षक, विद्यार्थी,शोद्यार्थीहरुबाट २०७८ बैशाख १३ गते अह्वान गरिएकोमा कोभिड १९ महामारी बढ्दै गएको अवस्थामा बन्दाबन्दीको कारण अनुसन्धान कर्ताबाट अवश्यक संख्यामा अनुसन्धान प्रस्ताव पेश हुन नसक्को हुँदा पुनः समय थप गरिएको छ ।

साथै उक्त अनुसन्धान प्रस्ताव एंव आवश्यक कागजातहरु पेश गर्ने समय सकिएको मिति देखि जेठ ३१ गते ४ः०० बजे सम्म समय थपिएको जानकरी दिएको छ ।