काठमाडौं/१५ पुष–नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १४ औं वार्षिक साधारण सभा पुुष २६ गते हुने भएको छ ।
पुुष २६ गते हुने इक्यानको वार्षिक साधारण सभासँगै नयाँ कार्य समिति चयन गर्न लागेको इक्यानले जनाएको छ । नयाँ कार्य समिति चयन गर्ने इक्यानको निर्णय सँगै नयाँ नेतृत्व लिनका लागि उम्मेद्वार सक्रिय भएका छन् । विगतका वर्षहरुमा दुुई समूहमा विभाजन भएर निवार्चन प्रक्रियामा जाने गरेको भएपनि यसपटक भने सर्वसम्मतमा जाने तयारीमा इक्यान रहेको छ ।
इक्यानले साधारण सभा र निर्वाचनमा सहभागिताको लागि सम्पूर्ण सदस्यहरुलाई सदस्यता नविकरण गर्नका लागि पुस २२ गतेसम्मको म्याद दिएको छ । इक्यानका अनुसार नविकरण नभएका सदस्यहरुले साधारण सभा र निर्वाचनमा भाग लिन पाउँदैनन् ।
किन हुँदैछ ५ महिना अगाडि नै इक्यानको महाधिवेशन ?
आज भन्दा ७ वर्ष पहिला नेका र इक्यानको एकीकरण हुनुभन्दा अगाडि इक्यानको महाधिवेशन पुष महिनामा हुने गरेको थियो । जब नेका र इक्यानको एकीकरण भयो त्यसपछि १५ सदस्य रहेको इक्यानलाई २९ सदस्सीय बनाइयो । तर, इक्यानको विधानमा १५ सदस्य रहने व्यवस्था भएका कारण विधान संशोधन गरी प्रमाणित गरेर महाधिवेशनलाई फागुनमा धकेलिएको थियो भने इक्यानको वार्षिक साधारण सभा पुुष महिनामा नै हुुँदै आएको थियो । पुुष महिनामा हुँदै आएको इक्यानको महाधिवेशनलाई पुनः निरन्तरता दिन इक्यानले ५ महिना अगाडि नै महाधिवेशन गर्न लागेको हो । महाधिवेशन र वार्षिक साधारण सभा एकचोटि गर्दा खर्चमा कटौती हुने भएकाले पनि इक्यानले यस्तो रणनीति लिएको हो ।
को को छन् त उम्मेद्धारका प्रत्यासित ?
प्रकाश पाण्डे
प्रकाश पाण्डे इक्यानका निवर्तमान अध्यक्ष हुन् । उनी फेरि अध्यक्ष पदमा उठ्ने तयारीमा छन् । इक्यानलाई मर्यादित, प्रभावकारी रुपमा अगाडि बढाउनका लागि उनी अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेका हुुन् । शैक्षिक परामर्शदातृ संस्थालाई राज्यमा सम्मानित र स्थापित गराउने उनको उद्देश्य रहेको छ । विद्यार्थी, अभिभावकको भविष्य शैक्षिक परामर्शदातृ संस्थासँग जोडिएको हुँदा अबका दिनमा इक्यानलाई व्यवस्थित, परादर्शी र मर्यादित बनाउनुु पर्ने उनको भनाई छ ।
विष्णु हरि पाण्डे
अहिलेको कार्यकालका अध्यक्ष विष्णुुहरि पाण्डे पुनः अध्यक्ष पद दोहो¥याउने तयारीमा छन् । आफ्नो कार्यकालमा इक्यानलाई छोडेर गएका केही साथीहरुलाई पुनः इक्यानमै फर्काउन सफल भएको बताउँदै उनले इक्यानलाई गतिशिल बनाउन उम्मेद्वारी दोहो¥याउने तयारी गरेको जानकारी दिए । साथै, समूह नबनाई सर्वसम्मतमा उम्मेद्वार चयन गर्ने तयारीमा रहेको उनको भनाई छ ।
महेशबाबु तिमल्सिना
इक्यानको प्रथम उपाध्यक्षका रहेका महेशबाबु तिमल्सिना पनि अध्यक्ष पदका लागि तयारी गर्दैछन् तर टुुंगो भने लागिसकेको छैन । साथीहरुको सुुझावका आधारमा अध्यक्ष पदमा उठ्ने कि नउठ्ने भन्ने निर्णय गर्ने उनले बताए ।
देवीदास भट्टराई
अहिलेको कार्यकालमा तेस्रो उपाध्यक्षका रुपमा रहेका देवीदास भट्टराई पनि अध्यक्ष पदका लागि लड्ने तयारीमा छन् । यसअघि सचिव भएर काम गरिसकेका उनीले अनुुभवका आधारमा पनि आफूलाई अध्यक्ष पदका दाबेदार सम्झन्छन् ।
उपाध्यक्ष
यस अघिको इक्यान महाधिवेशनमा स्वतन्त्र उम्मेद्वारबाट उपाध्यक्ष पदमा ३९ मत प्राप्त गरेका कृष्णहरि केसी उपाध्यक्ष पदका लागि उठ्ने तयारीमा छन् भने अहिलको इक्यान कार्य समितिमा द्धितिय सचिवका रुपमा रहेका विक्रम केसी पनि उपाध्यक्ष पदका लागि आफ्नो उम्मेद्वार दिने तयारीमा रहेका छन् ।
महासचिव
यस्तै, हाल इक्यानमा महासचिवका रुपमा रहेका शेषराज भट्टराई र प्रथम सचिव दिपक भुसालले महासचिवमा उम्मेद्वारी दिने तयारी गरेका छन् । भट्टराई अहिले पनि महासचिवमै कार्यरत छन् भने भुसाल लामो समयदेखि इक्यानमा आबद्ध भए कुशलतापूूर्वक काम गर्दै आईरहेका छन् ।