चितवन /१० जेठ- महात्मा गान्धी भन्दथे-“विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक नभएपनि हुन्छ भन्छु। किताव त शिक्षकहरुले पढ्नु पर्छ र त्यसरी प्राप्त गरेको ज्ञानका आधारमा वालवालिकालाई पढाउनु पर्छ।पाठ्यपुस्तकले शिक्षकलाई मेशिन मात्र नवनाओस्,त्यसले शिक्षकहरुको चिन्तन क्षमता ,स्वतन्त्रता र गतिशिलतामा वाधा नपुगोस्।मेरो विचारमा शिक्षकहरू नै बिद्यार्थीहरुको वास्तविक पाठ्यपुस्तक हुन् ।”
हामीलाई यस्ता शिक्षकको जरुरत छ जोसँग मौलिक विचार,उत्साह र जाँगर होस् । उसले भोलि विद्यार्थीलाई के पढाउने भन्ने बारेमा हरेक दिन चिन्तनगरोस् । यस्तो ज्ञान पुराना पुस्तकहरूमा खोजेर होइन,यसका लागि उसले अवलोकन र विचार शक्तिको प्रयोग गर्नु पर्छ । नयाँ शैक्षिक वर्षको शुरुवातमा वच्चाले पाठ्यपुस्तक ल्याएनन वा नयाँ पाठ्यक्रमको पुस्तक रहेनछ भने पनि वर्षौ पढाएका हामीले त्यसको अभाव अनुभव गर्नु हुदैन ।
असुविधाहरु र अन्योलताका वीच पनि हामीहरुले वार्षिक परीक्षाको नतिजा वनाइरहेकाछौं । केहि संस्थागत विद्यालयहरुले नतिजा प्रकाशन गरिसकेको डिजिटल मार्कसिटहरु सामाजिक संजालमा हेरिएको छ । त्यसकारण नयाँ शैक्षिक सत्रको तयारी पनि गर्नु नै छ । यस वर्ष कक्षा २,३,६ र १२ को पाठ्यपुस्तकहरु परिवर्तन हुने सन्दर्भ भएकोले समयमै हामी सबैको ध्यान जुट्न जरूरी छ ।
कोभिड महामारीको यो विषम अवस्थामा विशेष गरि कक्षा ६ र १२ को पाठ्यपुस्तकको उपलब्धता अरू भन्दा बढी अन्योलपूर्ण देखिदैछ । यसको वारेमा पनि हामीहरुको छलफल आरम्भ हुनु पर्दछ । यस विषयमा राज्य र सरोकार सबैको ध्यान पुग्न सकोस् ।
कंडेल भीमोदय नमूना माध्यामिक विद्यालय कालिका–५ चितवनका प्रधानाध्यापक हुन् ।



