विश्वविद्यालयको सम्बन्धनका लागि आवेदन दिने समय थप


काठमाडौं /१ जेठ- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धनका लागि आवेदन दिने समय थप गरेको छ । कोभिड -१९ महामारी दोस्रो लहरका कारण अधिकांश जिल्लाहरुमा निषेधाज्ञ र बन्दाबन्दी रहेको कारण आवेदन दिने समय थप गरेको हो ।

विश्वविद्यालयले पूर्व प्रकाशित सूचना बमोजिम इच्छुक कलेजहरुबाट सम्बन्धनका लागि आबेदन माग गरीएकोमा हालको अवस्थालाई मध्य नजर गर्दे सम्बन्धनका लागि आवेदन दिने समय जेठ मसान्तसम्म थप गरीएको जनाएको छ ।