काठमाडौं/३० बैशाख–पछिल्लो चौबीस घण्टामा ८,५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२१,४७८ जनाको परषिण गर्दा पीसीआर विधिबाट ८,४६७ तथा एन्टिजेन परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसै गरी चौबीस घण्टामा २०३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट ४,६६९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ६,१३५ जनाले कोरोनालाई जितेका छन् ।



